पल्सर स्पोर्ट्स अवार्ड: दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ उत्कृष्ट वर्ष खेलाडी

पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दी इयर’ को अवार्ड

जनसम्मत
पौष २३, २०८२, बुधबार

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा बुधबार आयोजना गरेको २२ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए।

खो खो विश्वकपमा २ ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दी इयर’ अवार्ड प्रदान गरेको छ।

पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका छन्।

उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारेकी छन्।

एशियन स्पोर्टस् जर्नालिष्ट अवार्ड बंगलादेशका मोहम्मद हसन उल्लाह खानले पाएका छन्।

तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङले स्पेशल अवार्ड  प्राप्त गरेका छन्।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते का छन्।

एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन्।

पूर्वखेलाडी खड्ग रानाभाटलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।

पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दी इयर’ हात पारिन्।