
एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।
श्रीलंकाले नेपाललाई ८ विकेटले हराएको हो।
दुबईको द सेभेन्स रंगशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो।
श्रीलंकाले १४ दशमलव ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै नेपालमाथि जीत निकाल्यो।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो।
समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बंगलादेशसँग खेल्नेछ।
यही मंसीर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन्।