
नेसनल प्याब्सन कास्कीले आफ्नो २७ औँ स्थापना दिवस मनाउँदैछ।
स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ।
आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरी शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो।
कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलगायतले सम्मान गर्ने कार्यक्रम छ।
त्यसैगरी स्थापना दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एसईई–२०८१ मा सतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल विद्यालयहरू सम्मानीत हुँदैछन्।
त्यसैगरी, एसईई परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी/विद्यालयलाई दीर्घ सेवापदक–२०८२ बाट सम्मान गरिने कार्यक्रम रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिएका छन्।
यसैगरी, एन प्याब्सन कास्कीले स्थापना दिवसको पूर्व सन्ध्यामा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको समन्वय तथा पोखरा महानगरपालिका र खहरे आमा समूहको सहकार्यमा हल्लनचोकको फेवाताल किनारमा फेवाताल सरसफाई कार्यक्रम गरेको छ।
उक्त अवसरमा एन प्याब्सन कास्कीले फेवताल किनार सरसफाइ गर्नका लागि आवश्यक सामाग्री खहरे आम समूहलाई हस्तान्तरण गरेको छ।