
पोखराका युवा क्रियाशील पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानीत भएका छन्।
गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालय (स्था.वि.सं १९५८) को १२५ औं अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन्।
पत्रकारिताको माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पौडेललाई सम्मान गरेको हो।
पत्रकार पौडेलले यसअघि पनि विभिन्न संघसंस्थाको सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
पोखरामा २ दशक भन्दा अघिदेखी पौडेल पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।
पर्यटन र खोजमुलक पत्रकारितामा पौडेलको विशेष रुची छ।