केन्याली जुलियसले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरे

जनसम्मत
फागुन २, २०८२, शनिबार

केन्याली धावक जुलियस मुरियूकी वाहोमले २० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्।

गत वर्षका उपविजेता जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ४ लाख रुपैया हात पार्न सफल भए।

त्यसैगरी, प्रतियोगितामा नेपाल (डिटुङ) का गजेन्द्र राईले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपविजेत ाबने।

गजेन्द्रले नगद २ लाख र मेडल प्राप्त गरे।

धादिङका हरिकुमार रिमालले निर्धारित दूरी २ घण्टा २७ मिनेट १८ सेकेण्डमा पार गर्दै तेस्रो बने।

हरिकुमारले १ लाख रुपैयाँ नगदको साथमा मेडल हात पार्न सफल भए।

नेपालतर्फको म्याराथनमा गजेन्द्र राई प्रथम, हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो बने।

उनीहरूले क्रमश: १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

४५ वर्षमाथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम बन्दै २५ हजार रुपैयाँ पुरस्कार जिते।

यस विधामा सुशीलकुमार श्रेष्ठ दोस्रो हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

त्यस्तै, चेतनाथ चालिसे तेस्रो बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार पाए।

२१ किलोमिटर हाफ म्याराथन पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम बने।

पहिलो बनेका सञ्जयले ७५ हजार रुपैयाँ नगद पुरस्कार जिते।

नगेन्द्रसिंह राउत दोस्रो हुँदै ५० हजार नगद पुरस्कार पाए।

गौतम श्रेष्ठ तेस्रो भए।

गौतमले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

महिलातर्फको हाफ म्यारथनमा सन्तोषी श्रेष्ठ प्रथम बनिन्।

पहिलो बनेकी सन्तोषीले नगद ७५ हजार पुरस्कार जितिन्।

निशा सार्की दोस्रो भइन्।

निशाले ५० हजार नगद पुरस्कार हात पारिन्।

राज्यलक्ष्मी रावल तेस्रो बनिन्।

राज्यलक्ष्मीले ३० हजार पाइन्।

हाफ म्याराथनकै ४५ वर्षमाथिको भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भएका छन्।

१० किलोमिटर पुरुष दौडमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो बने।

महिलातर्फ, १० किलोमिटर दौडमा दीपा परियार प्रथम, सुमित्राकुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तेस्रो भइन्।

उनीहरूले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

५ किलोमिटर छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो भए।

छात्रातर्फ एञ्जिला जिटी प्रथम, साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो भए।

५ किलोमिटर खुल्ला पुरुषतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेँडी तेस्रो भए।

महिलातर्फ टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाशी गुरुङ तेस्रो भए।

५० वर्षमाथिको पुरुषतर्फ राजु भण्डारी प्रथम, किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो भए।

५० वर्षमाथिकै महिलातर्फ टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो भए।

५ किलोमिटर कर्पोरेट पुरुषतर्फ सुशन थापा प्रथम, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो भए।

५ किलोमिटर महिलातर्फ पवित्रा सुवेदी प्रथम, खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तेस्रो भए।

५ किमि र भेट्रानतर्फ विजेता हुने प्रथम, दोस्रो र तेस्रो हुनेले जनही क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद प्राप्त गरे।