
थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार खेपेको छ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग ७ विकेटले पराजित बन्यो।
यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ।
यसअघि, नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित बनेको थियो।
दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग १८ रनले पराजित भएको थियो।
जीतका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.५ ओभरमा ३ विकेटको क्षतिमा ८२ रन जोड्दै लक्ष्य पूरा गर्यो।
भारतका लागि दिनेश वृन्दाले अविजित ३९ रन बनाइन्।
यस्तै, तेजल हासाब्निस १८ रन थपिन्।
अनुश्का शर्माले १० रन जोडिन्।
बलिङमा नेपालकी मनिषा उपाध्याय, अनु कडायत र सीता रानामगरले समान १/१ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८ ओभरमा ७८ रन जोड्दै अलआउट भएको थियो।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन्।
रुवि पोदार र कविता जोशीले समान १२/१२ रन जोडे।
विन्दु रावलले ११ रन थपिन्।
कप्तान पूजा महतोले १० रन बनाइन्।
बलिङमा भारतकी तनुजा कन्वरले ४ विकेट लिइन्।
मिन्नु मनिले ३ विकेट लिइन्।
राधा यादवले २ विकेट लिइन्।