१२ वर्षपछि टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जीत

नेपालको जीतमा दीपेन्द्रसिंह ऐरी नायक, दिपेन्द्रले बनाए विस्फोटक अर्धशतक रन

जनसम्मत
फागुन ६, २०८२, बुधबार

टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि ऐतिहासिक जीत निकालेको छ।

नेपालले १२ वर्षपछि आइसीसी टी–२० विश्वकपमा जीत निकालेको हो।

भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा मंगलबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो।

१२ वर्षअघि प्रतियोगितामा डेब्यु गरेको नेपालले सन् २०१४ संस्करणमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै २ जीत हासिल गरेको थियो।

तर, त्यसयता भने नेपालले विश्वकपमा जीत निकाल्न सकेको थिएन।

स्टकल्यान्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतक हाने।

उनले २३ बलमा ४ चौका र ३ छक्कासहित ५० रन जोडे।

ओपनरहरु कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो सुरुवाती दिलाए।

उनीहरूले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे।

भुर्तेलले ४३ रन बनाए।

शेख ३३ रनमा आउट हुन पुगे।

कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे।

गुल्शन झाको नाममा २४ रन रह्यो।

स्कटल्यान्डका लागि माइकल लिस्कले ३ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले पूरा ओभर खेलेर ७ विकेट गुमाउँदै १७० रन बनायो।

स्कटल्यान्डका लागि ओपनरहरु जर्ज मुन्से र माइकल जोन्सले उत्कृष्ट सुरुवात दिलाए।

उनीहरूले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे।

जोन्सले सर्वाधिक ७१ रन बनाए।

मुन्सेले २७ रन थपे।

ब्रान्डन म्याकमुलनले २५ रन जोडे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए।

नन्दन यादवले २ रन लिए।

कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट लिए।