
जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार–२०२६’ बाट सम्मानीत भएका छन्।
जापानमा रहेर नेपाली पत्रकारितामा निरन्तर सकृय रहँदै आएका मल्ललाई नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा सो पुरस्कारबाट सम्मान गरेको हो।
पत्रकार मल्ल सन् १९९९ देखि जापानमा पत्रकारिता गर्दै आएका छन्।
पत्रकार मल्लले जापानको टोकियोमा रहेर समुद्रपारी डटकम न्यूज पोर्टल वेबसाइट संचालन गर्दै आएका छन्।
मल्ललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहरकान्त पौडेलले ५० हजार येनसहित सम्मानपत्र प्रदान गरे।
उक्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो।
पत्रकार मल्लले पत्रकारितामार्फत नेपाली समुदायका आवाज, समस्या, गतिविधि र प्रवास जीवनका विविध पक्षलाई निरन्तर उजागर गर्दै आएका छन्।
पत्रकार मल्ल, पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष समेत हुन्।