१४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव चैतको अन्तिम सातादेखि

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ/आलु एक, परिकार अनेक’

जनसम्मत
चैत्र १, २०८२, आइतबार

आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा चैतको अन्तिम सातादेखि १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ।

यही चैतको २७ गदेदेखि वैशाख ५ गतेसम्म महोत्सव हुने भएको हो।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ। आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो।

पोखरा–२५ हेमजाको विष्णुपादुका खेलमैदानमा महोत्सव हुने छ।

महोत्सव आयोजनाका लागि शनिवार बसेको आम भेलाले वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरेको छ।

समिति सहसंयोजकमा मिना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर छन्।

भेलाले विभिन्न उपसमितिसमेत गठन गरेको छ।

२०६६ सालदेखि लगातार महोत्सव आयोजना गर्दै आएको छ।

स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले सुरुवाती संस्करणको पहिलो आलु महोत्सव गरेको थियो।

त्यसपछि, तत्कालीन हेमजा गाविसले दोस्रो संस्करणको आलु महोत्सव महोत्सव गरेको थियो।

तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले आलु महोत्सवको आयोजना गर्दै आएको हो।