पोखरा ट्रेड मलको अध्यक्षमा दीपक मुल्मी चयन

प्रबन्ध निर्देशकमा सौगात थापा चुनिए

जनसम्मत
चैत्र ५, २०८२, बिहीवार

पोखरा ट्रेड मलमा नयाँ संचालक समिति चयन भएको छ।

नयाँ संचालक समितिको अध्यक्षमा दीपककुमार मुल्मी, प्रबन्ध निर्देशकमा सौगात थापा चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा सन्तोषकुमार घिमिरे, शिव शर्मा, रामकुमार श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल र हरिशचन्द्र तिवारी छन्।

नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

अध्यक्ष मुल्मीले भने, ‘हामीले व्यापार व्यवसायको बदलिँदो प्रवृत्तिलाई ध्यानमा राख्दै मलभित्रका सेवा तथा सुविधालाई थप स्तरोन्नति गर्नेछौं। ग्राहकको सन्तुष्टि र व्यवसायीको सहजता नै हाम्रो मुख्य लक्ष्य हुनेछ।’

त्यस्तै, प्रबन्ध निर्देशक थापाले मललाई पोखराको उत्कृष्ट व्यापारिक गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको औंल्याए।

थापाले भने, ‘हामी डिजिटल प्रविधिको प्रयोग, प्रभावकारी व्यवस्थापन प्रणाली र आकर्षक व्यापारिक वातावरण निर्माणमा जोड दिनेछौं। नयाँ योजनामार्फत ग्राहकको आकर्षण बढाउनुका साथै व्यवसायीहरूलाई पनि थप अवसर सिर्जना गरिनेछ।’

नवगठित समितिले व्यापार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम, छुट योजना तथा सांस्कृतिक गतिविधिहरू संचालन गर्ने तयारी गरेको छ।

पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको मलभित्रको पूर्वाधार सुधार, पार्किङ व्यवस्थापन र सुरक्षालाई अझ सुदृढ बनाउने योजनासमेत अघि सारेको छ।

स्थानीय व्यवसायी तथा उपभोक्तामाझ नयाँ समितिले सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ।

पोखरा ट्रेड मललाई अझ सशक्त र आकर्षक व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्यसहित नयाँ नेतृत्वले आफ्नो कार्ययोजना अघि बढाएको जनाएको छ।