यु–२० साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

च्याम्पियनसीमा नेपालले भुटानलाई २–१ ले हरायो

जनसम्मत
चैत्र ९, २०८२, सोमबार

नेपालले यु–२० साफ च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ।

नेपालले माल्दिभ्समा सोमबारदेखि सुरु भएको भएको खेलमा नेपालले भुटानमाथि कठिन जीत निकाल्दै च्याम्पियनसीपमा विजयी सुरुवात गरेको हो।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकाल्यो।

नेपालका लागि सुजन डंगोल र सुवास मल्लले गोल गरे।

सुजनले ५ औं र सुवास बमले ५२औं मिनेटमा गोल गरे।

भुटानका ढेनदुप ग्याल्जेनले ८३ औं मिनेटमा गोल फर्काएपनि जीतका लागि पर्याप्त भएन।

चैत २१ गतेसम्म संचालन हुने च्याम्पियनसीपमा नेपाल समूह ‘ए’ मा छ।

यस समूहमा नेपाल, भुटान, आयोजक माल्दिभ्स र श्रीलंका छ।

नेपालले समूहको दोस्रो खेल मार्च २५ मा श्रीलंका र अन्तिम खेल मार्च २७ मा माल्दिभ्ससँग खेल्नेछ।

यस्तै, समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।