एएफसी एसियन कप-२०२७ छनोट खेलमा नेपाल लाओससँग पराजित

समूह ‘एफ’ मा रहेको दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरियो

जनसम्मत
चैत्र १८, २०८२, बुधबार

एएफसी एसियन कप -२०२७ एसियन छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ।

तेस्रो चरण छनोटको अन्तिम खेलमा नेपाल लाओससँग १-० गोलले पराजित भएको हो।

न्यु लाओस नेशनल स्टेडियममा भएको खेलमा लाओसका लागि एकमात्र निर्णायक गोल कप्तान बौनफाचन बौनकोङले गरे।

बौनकोङल खेलको ४८ औं मिनेटमा गोल गरे।

नेपालको मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको डेब्यू थियो तर सुखद् रहेन।

प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्।

हारसँगै ६ खेलबाट ३ अंक रहेको नेपाल तालिकाको पुछारमा पुगेको छ।

उता, लाओस ६ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।