
नेपाल पत्रकार महासंघले सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई ३ दिने अल्टिमेटम दिएको छ।
काठमाडौंमा शुक्रबार सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन/प्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासंग महासंघले छलफल गर्यो।
उक्त निर्णय सच्चाउन सरकारलाई ३ दिने अल्टिमेटम दिने निर्णय गरेको गरेको हो।
छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको बताएको छ।
यो सरकारी निर्णयलाई तत्काल फिर्ता लिनसमेत माग गरेका थिए।
छलफलमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले संचारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन्।
शर्माले भनिन्, ‘अन्यथा महासंघ एकाधिकार लाद्ने सरकारी निर्णय अस्वीकार गर्दै प्रतिवादमा उत्रन बाध्य हुनेतर्फ महासंघ सचेत गराउँदछ।’
उनले यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने बताइन्।
सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासंघले सरोकारवालासँग छलफल गरेको थियो।
यसअघि, शुक्रबार यस सम्बन्धमा पत्रकार महासंघले एक विज्ञप्तिसमेत जारी गरेको छ।
