
कृष्णप्रसाद बास्तोला पुन: स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा चुनिएका छन्।
संघको पाँचौँ अधिवेशन तथा १४ औँ वार्षिक साधारणसभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुन: बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो।
नयाँ समितिको उपाध्यक्षमा निर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चुनिका छन्।
त्यसैगरी, सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बाग्लुङ), कृष्णबहादुर रायमाझी (कास्की), योगेश खपाङ्गी (झापा), प्रेमध्वज लामा र सुरेशप्रसाद सैंजु (भक्तपुर) तथा सागर कार्की (कास्की) निर्वाचित भएका छन्।
संघको साधारणसभा तथा अधिवेशनमा ११ जिल्लाका ६० जना प्रतिनिधिहरु सहभागी थिए।
यसअघि, शुक्रबार बिहान भएको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो।