
फोटो पत्रकार राधिका शर्मा कँडेल संचारिका समूह गण्डकीको अध्यक्षमा निर्वाचित भएकी छन्।
पोखरामा आज (सोमबार) भएको समूहको सातौं अधिवेशनबाट कँडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म रुपमा चयन गरेको हो।
समुहको उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिवमा उमा आलेमगर र सचिवमा चन्द्रिका घिमिरे (अनिता), कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) छन्।
त्यस्तै, सदस्यहरुमा शोभा नेपाल, रिना थापा (तानी), कृष्ण श्रेष्ठ (रोजी), विनाकुमारी थापा, सपना अधिकारी र देविका तामाङ छन्।
राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त दुर्गा भण्डारीले अधिवेशनको उद्घाटन गरेकी हुन्।
आयुक्त भण्डारीले उद्घाटनपछि कार्यक्रममा बोल्दै समूहले बोल्दै महिला अधिकार र समानताका सवालमा खुलेर आवाज उठाउनुपर्नेमा जोड दिइन्।
महिलाहरुले अझैपनि समाजमा विभेद, हिंसा र अन्याय सहनुपरेको बताइन्।
यसका विरुद्ध आवाज उठाउनुपर्ने भण्डारीले जोड दिइन्।
कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, संचारिका समूहकी अध्यक्ष कमला पन्थी, उपाध्यक्ष बसन्ती बास्तोलालगायतले महिला पत्रकारसँगै समग्र महिलाहरुको हक हित र अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
समुहकी निवर्तमान अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।