आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालको पहिलो जीत

नेपालसँग इटली ५० रनले पराजित

जनसम्मत
वैशाख ७, २०८३, सोमबार

पहिलो संस्करणको आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जीत निकालेको छ।

रुवाण्डामा भइरहेको आफ्नो दोस्रो खेलमा पहिलो जीत दर्ता गर्ने क्रममा नेपालले इटलीलाई ५० रनले पराजित गरेको हो।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार भएको इटालीसँग खेलेको यो पहिलो खेल हो।

जीतका लागि नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीले १८.४ ओभरमा ६२ रनमा ९ विकेट गुमाएको अवस्थामा १० औं नम्बरको ब्याटर ब्याटिङमा नआएपछि नेपालले खेल जितेको हो।

इटलीका ब्याटरहरुले कमजोर ब्याटिङलाई निरन्तरता दिए।

परिणामत: इटलीले लक्ष्य भेट्टाउन सकेन।

नेपालका लागि रुबिना क्षत्रीले ४ विकेट लिइन्।

कविता कुँवरले २ विकेट लिइन्।

मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान १/१ विकेट लिए।