
संचारिका समूह नेपाल गण्डकी प्रदेशको नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराइएको छ।
साथै, सो समितिलाई पदस्थापनसमेत गराइएको छ।
अधिबेशनबाट निर्बाचित राधिका कँडेल नेतृत्वको नयाँ कार्यसमितिलाई सोमबार पद तथा गोपनीयताका सपथ गराइएको हो।
निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
संचारिका समुह गण्डकी प्रदेश समितिको चैत ३० गते सम्पन्न अधिवेशनबाट पत्रकार कँडेल नेतृत्वको नयाँ कार्यसमिति बनेको थियो।
जसको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आलेमगर छन्।
त्यसैगरी सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) छन्।
सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापामगर छन्।