
नेपाल पुलिस क्लब प्रथम पोखरा महिला गोल्डकप च्याम्पियन बनेको छ।
पोखरा रंगशालामा आइतबार भएको विभागीय डर्बीको फाइनलमा पुलिसले बाजी मार्यो।
त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो।
उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ।
उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गरेको छ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो।
पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमा रोक्न सफल बन्यो।
पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सिमित भएको थियो।
पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डी एरियानजिक लडाएपछि रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा सिमित बन्यो।
नेपाल पुलिसकी समिक्षा घिमिरे ‘प्लेयर अफ दि म्याच’ बनिन्।
टाइब्रेकरमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गरे।
गोलरक्षक उषानाथको पेनाल्टी आर्मीकी गोलरक्षकले बचाउ गरिन्।
आर्मीका लागि अनिता लाम्जेल, दिपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुंग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो।
इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषानाथले जोगाइन् ।
पुलिसकी निर्मला विक ‘सर्वोत्कृष्ट खेलाडी’ बनिन्।
उनले ३० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्।
यस्तै, पुलिसकै उषानाथ उत्कृष्ट गोलरक्षक बनिन्।
पुलिसकै रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन्।
रेखाले जारी प्रतियोगितामा कुला ५ गोल गरिन्।
पहिलो खेलमा आयोजक आरएस एफसीविरुद्ध रेखाले ५ गोल गरेकी थिइन्।
उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे।
अनुसासित टिमको पुरस्कार आरएस पोखरा फुटबलले प्राप्त गर्यो।
प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आरएस पोखरा फुटबल गरी कुल ४ टिमले प्रतिस्पर्धा गरेको थियो।
रएस पोखरा फुटबल क्लबले पोखरामा पहिलो पटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेको हो।