पत्रकारहरु बस्नेत र बराललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कार

पुरस्कार राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ

जनसम्मत
वैशाख २२, २०८३, मंगलवार

पत्रकारहरु सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पुरस्कार प्रदान गरिएको छ।

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पुरस्कार वर्ष–२०८१ बाट बस्नेत र वर्ष–२०८२ बाट बराललाई यो पुरस्कार प्रदान गरेको हो।

पत्रकार महासंघ कास्की शाखाले प्रजातन्त्र सेनानी स्व. पालिखेको स्मृति दिवसको अवसर पारेर मंगलबार यो पुरस्कार प्रदान गरेको हो।

यो पुरस्कार पालिखे परिवारद्वारा स्थापना र पत्रकार महासंघ कास्की शाखाले संचालन र वितरण गर्दै आएको छ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पत्रकारद्वयलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

पुरस्कार राशि १ लाख १ हजार १ सय ११ नगद छ।

पोखरामा लामो समय पत्रकारिता गरेका तनहुँका बस्नेत हाल रासस काठमाडौंमा वरिष्ठ सम्पादक छन्।

पोखराकै कृष्णमणि बराल हाल बीबीसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट् र इनेचर न्यूजमा कार्यरत् छन्।

सम्मानीत पत्रकारद्वय बस्नेत र बरालले सम्मानबाट आफ्नो पत्रकारिता पेसामा अझ उत्प्रेरणा मिलेको बताए।