पोखरामा क्रिकेटरहरुका लागि ‘बिट द स्पीड’ कार्यक्रम हुँदैं

विजेतालाई १ लाख र भारतमा फास्ट बलिङ प्रशिक्षणको सुनौलो अवसर

जनसम्मत
वैशाख २२, २०८३, मंगलवार

पोखरामा ‘बिट द स्पीड’ हुँदैंछ।

वर्ल्ड लिङ्क कम्युनिकेसनले यही बैशाख २४ गते (विहीबार) का दिन दिउँसो ४ बजे कार्यक्रम गर्न लागेको हो।

वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेडले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सो कार्यक्रम गर्न लागेको हो।

स्पीड परीक्षणमा आधारित यस प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो बलिङ गति मापन गराउने अवसर पाउनेछन्।

प्रतियोगितामा नेशनल स्पोर्टस काउन्सिलद्वारा प्रमाणित मापन प्रक्रिया अपनाइने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पोखराबाट टप १० मा पर्न सफल खेलाडीहरू फाइनल चरणका लागि छनोट हुनेछन्।
त्यस्तै, ‘बिट द स्पीड सेसन-३’ अन्तर्गत विजेता, फस्र्ट रनर–अप र सेकेन्ड रनर–अपलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिने आयोजकले बताएको छ।

विजेताले नगद १ लाख रुपैयाँ नगदसहित भारतको बैंगलोरस्थित जस्ट क्रिकेट एकेडेमीमा ३ महिनाको फास्ट बलिङ प्रशिक्षण प्राप्त गर्नेछन्।

त्यस्तै, फस्र्ट रनर–अपले ५० हजार र सेकेन्ड रनर–अपले २५ हजार नगद पुरस्कार पाउनेछन्।

यस कार्यक्रममार्फत प्रतिभावान क्रिकेट खेलाडीहरूको पहिचान तथा प्रोत्साहन गरिने आयोजकको विश्वास छ।

आयोजकले ईच्छुक खेलाडी तथा सरोकारवाला सबैलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।

यो पनि हेरौं