
घरेलु नेपालले काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।
समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५-१२, दोस्रो सेट २५-९ र तेस्रो सेट २५-२० ले जित्यो।
यसअघि, नेपाल पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित भएपनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
भोलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ।
यस्तै, समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमिफाइनलमा प्रवेश गरेका छन्।