
फोटो पत्रकार सुदर्शन रञ्जित एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड–२०२६ बाट सम्मानीत भएका छन्।
ओलम्पिक दिवसको अवसरमा एक कार्यक्रम गरी एनओसीले पोखराका फोटो पत्रकार रञ्जितलाई सो अवार्ड प्रदान गरेको हो।
फोटो पत्रकारितामार्फत खेलकुदको प्रवर्द्धन र योगदानको कदरस्वरुप रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरेको हो।
कार्यक्रममा रञ्जितसहित खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरू सो अवार्डद्धारा सम्मानीत भएका छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट खेल संघ, खेल पत्रकारितालगायत विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरेको हो।
यस वर्षको ओलम्पिक दिवसमा ‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने मूल नारा तय गरिएको छ