युट्युबमा तीज गीत ‘यसै पाली नाच्ने हो’

जनसम्मत
श्रावण २४, २०७६, शुक्रबार

पोखरा । युट्युबमा तीज गीत ‘यसै पाली नाच्ने हो’ सार्वजनिक भएको छ ।

‘यसै पाली नाच्ने हो’ तीजको गीतमा अभिनेत्री तथा मोडल अनु शाह र उमादेवी दाहालले फिचरिङ गरेका छन् ।

गायिका कुसुम दाहाल भट्टराईले गाएकी उक्त गीत युट््युबमार्फत हालैमात्र सार्वजनिक गरिएको हो । गीतमा संगीतकार दीपक शर्माले संगीत र दिग्गज द्यौरालीले लय भरेका छन् ।

म्युजिक भिडियोको छायांकन करन चैसिरले गरेका हुन् ।

नरेन्द्र वियोगीले एरेञ्ज भरेका छन् । मौसम हिमालीले म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी गरेका हुन् ।

तस्वीर : अनु शाहको फेसबुकबाट