साफ यू–१८ फुटबल भारत सेमिफाइनलमा

पहिलो चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो

जनसम्मत
असाेज ९, २०७६, बिहीवार

पोखरा । भारतले साफ यू–१८ फुटबल च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ ।

बुधबार भएको पहिलो चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा भारतले श्रीलंकामाथि तीन गोलको वर्षा गरायो । भारतका गुरकिरत सिंहले ६५ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

बाँकी २ गोल इन्जुरी समयमा गरेको थियो । खेलको ८९ मिनेटमा गुरकिरतले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै भारतका अमन क्षत्रीले तेस्रो गोल गर्दै टोलीलाई जितको सुनिश्चित गराए । खेल सकिन केही सेकेण्ड मात्रै बाकी रहँदा भारतका लागि अमनले टोलीका लागि तेस्रो गोल गरेका थिए ।

यस जितसँगै भारत समूह ‘बी’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने समुह चरणबाटै बाहिरिएको छ । यस समूहबाट बंगलादेशले सेमिफाइनलमा स्थान बनाइ सकेको छ ।