आइपुग्यो माल्दिभ्सको क्रिकेट टोली

साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ

जनसम्मत
मंसिर ११, २०७६, बुधबार

पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आइपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ ।

सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष क्रिकेट टीयु क्रिकेट मैदानमा हुनेछ ।

साग पुरुषमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंका रहेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हुने टी–२० पुरुष साग क्रिकेटमा शीर्ष दुई टोली स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

माल्दिभ्सको पुरुष क्रिकेट टिमले मंसिरको १८ गते बंगलादेशविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । त्यस्तै, दोस्रो खेल मंसिरको १९ गते श्रीलंकाको सामना गर्नेछ । मंसिर २० गने नेपालसँग आमने–सामने हुनेछ । मंसिरको २२ गते भुटानविरुद्ध खेल्नेछ ।

त्यसैगरि, माल्दिभ्सको महिला टोलीको पहिलो खेल मंसिरको १६ गते आयोजक नेपालसँग उद्घाटन खेल हुनेछ । मंसिरको १८ श्रीलंकाविरुद्ध खेल्नेछ । त्यस्तै, मंसिरको १९ गते बंगलादेशको सामना गर्नेछ ।