चितवन राइनोज पीपीएलको फाइनल नजिक

बुटवल लिगको प्ले–अफमा प्रवेश गरेको छ

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । साविक उपविजेता चितवन राइनोज लगाचार ४ खेलमा अविजित रहँदै पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

पारस खड्का कप्तानीको चितवनले पोखरा रंगशालामा आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै सर्वाधिक ८ अंकका साथ दोस्रो संस्करणको पीपीएलको फाइनल नजिक पुगेको हो । लिग चरणका कुल ५ मध्ये १ खेल बाँकी छँदै ४ खेल जितेको चितवनले अब मंगलबार बाठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ ।

आइतबारको पहिलो खेलमा टस जितेर विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएकोमा पूरै २० ओभरमा ४ विकेट गुमाउँदै चिवतनले १४६ रनको योगफल तयार पारेको थियो ।

मध्यस्तरको लक्ष्य पाएको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२८ रनमा समेटिँदा दोस्रो जितबाट वञ्चित रह्यो । ४ खेल खेलिसकेको विराटनगरले १ मा जित र ३ मा हार बेहोरिसकेको छ । विराटनगरले अब आफ्नो पाँचौ खेलमा बुधबार बुटवल ब्लाष्टरको सामना गर्नेछ ।

विराटनगरका लागि ओपनर सुनिल धमला मात्र ५ रन जोड्दै आउट भए । दोस्रो ब्याट्म्यान मोहम्मद जैद आलम १ रनरेटमै एलबीडब्लु आउट भए । उसका लागि लोकेश बमले अर्धशतक प्रहार गर्दै ६२ रन जोडे पनि जितका लागि पर्याप्त रहेन । बलमे ३६ बल सामना गरेकोमा समान ५ चौका र छक्का हाने ।

त्यस्तै, पूनीत मेहराले २४ रन बनाउँदा नोमन खानले १८ रन जोडे । विराटनगरका ६ जना ब्याट्म्यान दोहोरो अंकको योगफल नबनाउँदै पेभेलियन फर्किए । चितवनका भुवन कार्की र करन केसीले समान ३–३ विकेट लिन सफल हुँदै विराटनगरको इनिङ ध्वस्त बनाए । त्यस्तै, रोहन मुस्तफाले २ र सन्नी पटेलले १ विकेट झारे । भुवनले ‘म्यान अफ दी म्याच’ समेत घोषित हुँदै १० हजार जिते ।

त्यसअघि, चितवनका लागि ७ रन जोडेका रोहन मुस्तफाले टिमको लागि खाता खोले । त्यसपछि आएका कप्तान पारस खड्काले ३५ रन बनाउँदै आउट भए । पारस १०.५ ओभरमा मुस्ताफाको बलमा नोमन खानबाट क्याच आउट हुन पुगेका हुन् ।

त्यस्तै, बाबर ह्यातले २५, अनिल शाहले ३, आरिफ शेखले ३९ र सन्नी पटेलले २७ रनको योगदान दिए । विराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो, पूनीत मेहरा र आलमले १–१ विकेट लिए ।

जितपछि चितवनका कप्तान पारसले खेलाडीहरुले राम्रो मेहनत गरेको बताए । फाइनलसम्म अझै फिट हुने र उपाधि जित्ने लक्ष्य रहेको उनले संचारकर्मीलाई प्रतिक्रिया दिए ।

विराटनगरका कप्तान प्रदीपसिंहले ब्याटिङ सुधार हुन नसक्दा पराजित हुनु परेपनि प्लेअफ पुग्न अबको खेलले अन्य टिम नतिजाले सजिलो हुने बताए । विराटनगरले लिग चरणको अन्तिम खेल खेल्नेछ ।

बुटवल प्ले–अफमा

बुटवल ब्लास्टर्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी–२० क्रिकेट (पीपीएल) मा तेस्रो जित हात पारेको छ । पोखरामा आइतबार एक्स्पर्ट धनगढीलाई ७ विकेटले पराजित गर्दै बुटवलले तेस्रो जित निकालेको हो ।

जितसँगै बुटवल लिगको प्ले–अफमा प्रवेश गरेको छ । अफ्ताब उद्दीन चम्किदा बुटवलले प्ले–अफको खेल खेल्ने भएको हो

पोखरा रंगशालामा धनगढीले दिएको १ सय ४१ रन लक्ष्य बुटवलले १६ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । बुटवलका लागि अफ्ताब उद्दीन अहमेदले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।