‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर’ को नारासहित पोखरामा पत्रकारहरुको एक्यबद्धता प्रदर्शन

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि एक्यवद्धता 

जनसम्मत
वैशाख १८, २०७६, बुधबार

पोखरा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पोखरामा बुधबार एक्यबद्धता ¥याली निकाल्यो ।

प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई सरकारले अंकुश लगाउत खोजेको भन्दै त्यसको विरोधमा पत्रकार महासंघ केन्द्रको आब्हनमा देशैभर एक्यबता ¥याली निकालिएको हो । पोखराको चिप्लेढुंगादेखि न्युरोड हुँदै सभागृहसम्म निस्केको ¥यालीलाई मानव अधिकार तथा नागरिक संघ संगठन, राजनीतिक दलका नेतृत्व एवं प्रतिनिधिहरुले एक्यबद्धता जनाएका थिए ।

कोणसभालाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले दुई तिहाई बहुमतको सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आग्रह गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा विविध कानुनहरुलाई दुरुपयोग गर्ने गतिविधिप्रतिको विरोध गरे ।

‘प्रेस स्वतन्त्रताको अधिकार पत्रकारहरुको मात्र अधिकार होइन,’ पौडेलले भने, ‘त्यसको स्वतन्त्रताको अधिकार आम नागरिक समेतले लिने हो । त्यसैले आम नागरिकलाई पनि पत्रकारहरुको ¥यालीमा एक्यबद्धता जनाउन आग्रह गरेका हौं । आगामी दिनमा पत्रकार महासंघले गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउन आग्रह गर्दछु ।’

पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग राखेर शुरु भएको आन्दोलन गिरफ्तार गरिएका पत्रकारहरुलाई रिहाई नगरे, प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने कानुनलाई परिमार्जन वा संशोधन नगरिए पत्रका महासंघ सशक्त ढंगले आन्दोलनमा उत्रने पौडेलले चेतावनी दिए ।

‘पछिल्लो समयमा राजनीतिक वा विभिन्न व्यवसायको नामबाट छिटो छिटो धनी बन्ने भुइफुट्टा बर्गहरु जो छन्, उनीहरुनै आफूहरु समाजमा नाङ््झार बन्ने डरले प्रेस स्वतन्त्रता विरोधी हर्कतहरु बढाइरहेछन्,’ उनले आक्रोस पोखे, ‘स्वतन्त्र पत्रकारिताका पक्षधर हामी पत्रकारहरु आगामी दिनमा स्वतन्त्र प्रेस तथा अभिव्यक्तिको लडाइँ लडी रहनेछौं । राजनीतिक दलका स्वच्छ नेताहरुले पनि हाम्रो आन्दोलनलाई साथ दिन जरुरी छ । दलभित्र रहेको जो भ्रष्टाचारीहरु छन्, उनीहरु आफै आउट हुनेछन् ।’