दुबईमामा अलपत्र परेका डिलबहादुरको उद्धार

जनसम्मत
श्रावण ५, २०७९, बिहीवार

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए।

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो।

आर्थिक अवस्था कमजोर भएका कारण उहाँलाई घर फर्काउन सहयोग संकलन अभियान संचालन गरिएको थियो। आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम संकलन भएको बताए।