पोखरामा प्रहरीले ८ टन गाँजा फडानी गर्‍यो

जनसम्मत
श्रावण ११, २०७९, बुधबार

सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले पोखरा वडा नं. २१ को द्वार र ३३ को ठुलढुंगा परिसरमा गाँजा फडानी गरेको छ।

प्रहरी, संघसंस्था तथा स्थानीयद्वारा बुधबार गरिएको सो २ स्थानबाट करिब ८ टन गाँजा फडानी गरिएको सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको प्राविधिक सहयोगमा भएको फडानी कार्यमा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्की, वडा कार्यालय ३३, वडा प्रहरी कार्यालय बैदाम, नेपाल प्रहरी प्रदेश कार्यलय लागु औषध नियन्त्रण संस्था, स्थानीय, टोलसुधार समिति, अमा समुह, युवा क्लव, स्थानीय संघसंस्था र प्रहरी कर्मचारी तगायतको सहभागिता थियो।