७०० रुपैयाँले बढ्यो सुनको मूल्य

जनसम्मत
श्रावण २०, २०७९, शुक्रबार

सुनचाँदी बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन (बिहीबार) प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन (बिहीबार) प्रतितोला ९५ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।