७ सय रुपैयाँले घट्यो सुनको मूल्य

जनसम्मत
भाद्र १२, २०७९, आइतबार

नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।

अघिल्लो दिन (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेकोमा आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ। गत साताको शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।