नेपालले केन्याविरुद्धको एक खेलअघि नै शृंखला जित्यो

जनसम्मत
भाद्र १९, २०७९, आइतबार

दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएको छ।

नेपालले दिएको २ सय ३१ रन लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट बन्यो ।

केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले १/१ विकेट लिए ।

यसअघि, नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए। यस्तै, देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए। बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले २/२ विकेट लिए।

जितसँगै नेपालले ३ खेलको शृंखलामा २–०को अग्रता लिएको छ। योसँगै नेपालले एक खेलअघि नै शृंखला आफ्नो पक्षमा पारेको छ।