एमाले बागलुङ–१ को प्रदेशसभाका उम्मेदवार सिफारिस

जनसम्मत
भाद्र २०, २०७९, सोमबार

नेकपा एमाले बागलुङले आगामी मंसीर ४ गते हुने प्रदेशसभा तर्फको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा तर्फको लागि उमेदवार सिफारिस गर्न बसेको नेकपा एमालेको बैठकले प्रदेशसभा तर्फको उमेदवारको नाम सिफारिस गरेको हो।

प्रदेशसभा क्षेत्र नम्वर १ (क) का लागि ४ जना र (ख) का लागि संभावित ४ जनाको नाम सिफारिस गरेको एमाले बागलुङ श्रोतले जनाएको छ।
बैठकले प्रदेशसभा क्षेत्र नम्वर १ (क) बाट जिल्ला अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटिका सदस्य हरिनारायण गौतम, रामबहादुर जिसी र उपसचिव गणेशबहादुर थापामगरको नाम सर्वसम्मतले सिफारिस गरेको छ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र नम्वर १ (ख) बाट नवराज पौडेल, धनबहादुर परियार, पदम गिरी र रुपा खनालको नाम सिफारिस गरेको छ।