राष्ट्रिय खेलकुद: पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ अन्तिम ४ मा

महिला ह्याण्डबलमा एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम ४ मा

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ।

समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो।

त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो।

पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७/२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो।

यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ।

महिला ह्याण्डबलमा एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम ४ मा

समूह ए बाट विभागीय एपीएफ समूह विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको छ।

महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ।

सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो।

सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ। त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ।