नवौं राष्ट्रिय खेलकुद: ३७१ पदकसहित आर्मी च्याम्पियन

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय आर्मी च्याम्पियन बनेको छ।

आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कूल ३७१ पदक जित्दै राष्ट्रिय खेलकुदमा च्याम्पियन बन्न सफल भएको हो।

अर्को विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ६५ स्वर्ण, ७२ रजत ८२ कास्य पदकसहित कूल २१९ पदक जित्दै दोस्रो स्थानमा रह्यो।

त्यस्तै, अर्को विभागीय नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कूल १९४ पदक जित्दै तेस्रो बन्यो।

आयोजक गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदकसहित १२० पदक जित्दै चौथो स्थानमा रह्यो।

बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित कूल १४५ पदक जित्दै पाँचौ स्थानमा रह्यो।

प्रदेश–१ ले १० स्वर्ण, २३ रजत र ५० कास्यसहित कूल ८३ पदक जित्दै छैटौं स्थानमा समेटियो।

सुदूरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत र ४३ कास्यसहित कूल ६३ पदक जित्दै सातौं स्थानमा रह्यो।

गैरआवासीय नेपालीहरुको संघ (एनआरएनए) ले १० स्वर्ण, ९ रजत र ७ कास्यसहित कूल २६ पदक जित्दै आठौं स्थानमा रह्यो।

लुम्बिनीले ६ स्वर्ण, २२ रजत, ४० कास्यसहित कूल ६८ पदक जित्दै नवौं स्थानमा समेटियो।

मधेशले ५ स्वर्ण, ८ रजत र २८ कास्य गरी कूल ३९ पदक जित्दै दशौं स्थानमा रह्यो।

कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी १८ पदक जित्दै पदकतालिकाको अन्तिममा रह्यो।

हेर्नुहोस, पदक तालिका