पीएम कप: पुलिसको दोस्रो जित

जनसम्मत
कार्तिक १४, २०७९, सोमबार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ।

समूह बी अन्तर्गत भएको खेलमा पुलिसले प्रदेश–१ लाई ७ विकेटले पराजित गरेको हो।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १०२ रन बनाएको थियो। जवाफमा पुलिसले २६१ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। ५६ रनमा पहिलो विकेट गुमाएको प्रदेश–१ ले त्यसपछि भने लगातार विकेट गुमाउँदै १०२ रन मात्र बनायो।

ओपनर निरज मुखियाले २९ रन बनाउँदा अंकित सुवेदीले २४ रन बताए। थप दोहोरो स्कोरका रूपमा विवेक आन्नद मेहताको १७ रन रह्यो। प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा पुलिसलका ललित राजवंशीले ५ विकेट लिए।

१ सय ३ रनको लक्ष्य लिएर मैदान उत्रिएको पुलिसले सहज रुपमा जित हासिल गर्न सक्यो। उसका ओपनर सुनिल धमला गोल्डेन डकआउट भएपनि कुशल भुर्तेलले ४२ रनको योगदान दिए।

त्यस्तै, शंकर रानाले २९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १४ रनमा नटआउट रहे। उनलाई रसिद खानले १६ रनमा साथ दिए।

कार्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयसहित १० टिमको सहभागिता छ।