कास्की–२, प्रदेशसभा (१) मा एमालेका भीम कार्की विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (१) मा एमाले उम्मेदवार भीमबहादुर कार्की विजयी बनेका छन्।

उनले १० हजार ५३१ मत ल्याउँदै विजयी बने।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार विजयबहादुर भण्डारीले ५ हजार ८९३ र ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले ५ हजार ५४० मत ल्याए।

कास्कीको क्षेत्र नम्बर २ (१) अन्तर्गत पोखरा महानगरको ७, १५, १७, २१ र ३३ वडाहरु पर्दछन्।

सबै वडा एमालेको प्रभाव क्षेत्र मानिन्छ। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका कार्की अनेरास्ववियुको केन्द्रीय सदस्यसम्म भए।

स्याङ्जा, गोरखा र मनाङसम्म पुगेर झण्डै २ दशक संगठन विस्तारमा लागेका कार्कीसँग एमाले स्कुल विभागमा रहेर काम गरेको अनुभव छ।