बागलुङ–२ को प्रदेशसभा (१) बाट जीतबहादुरको जीत

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्।

मत गणनाको अन्तिम नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत प्राप्त गरे।