बागलुङ–२ बाट प्रतिनिधिसभामा माओवादीका देवेन्द्र पौडेल विजयी

जनसम्मत
मंसिर ७, २०७९, बुधबार

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी बनेका छन्।

पौडेलले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जु शर्मालाई ४ हजार ६०१ को फरक मतान्तरले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्।

वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका पौडेलले २४ हजार ७९४ मत प्राप्त गरे। उता, शर्माले भने २० हजार १९३ मत ल्याइन्।