विश्वकप फुटबल: क्रोएसिया पनि अन्तिम १६ मा

जनसम्मत
मंसिर १६, २०७९, शुक्रबार

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो।

समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा बेल्जियमलाई दावेदारका रुपमा हेरिएको थियो।

कतारको अहमद बिन अली रंगशालामा बिहीबार राति नै भएको समूह ‘एफ’ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगिदा अंकका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको हो।