आहा ! रारा पोखरा गोल्डकपः बीवाइएस्सी उपाधि नजिक

शनिबार, बीवाइएस्सी र संकटा क्लब उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्दैछन्

जनसम्मत
पौष २१, २०७९, बिहीवार

भुटनिज युथ स्पोर्ट्स क्लब (बीवाइएस्सी) युएसए पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

बीवाइएस्सीले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो।

आज (बिहीबार) भएको प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा बीवाइएस्सीले चर्च ब्वाइज युनाइटेड क्लबमाथि १–० को जित निकाल्दै फाइनल पुगेको हो।

बीवाइएस्सीको जितमा रोजिन प्रजापति नायक बने। रोजिनले पहिलो हाफको इञ्जूरी समय (४५ प्लस ३) मिनेटमा निर्णायक गोल गरे।

प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरेका थिए।

खेलको ८४ औं मिनेटदेखि चर्च ब्वाइज १० खेलाडीमा सीमित बनेको थियो। चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड खाएर मैदान बाहिरिएपछि चर्च ब्वाइज १० खेलाडीमा सीमित बनेको हो।

अवसरलाई सदुपयोग गर्दा टोलीको जित निश्चित भएको बीवाइएस्सीका प्रशिक्षक प्रदिप हुमागाइले प्रतिक्रिया दिए। रणनीतिअनुसार नै टोलीका खेलाडीको प्रदर्शनदेखि सन्तुष्ट छन् प्रशिक्षक हुमागाई।

उता, चर्च ब्वाइजका मुख्य प्रशिक्षक बिक्रम लामाले भने रणनीतिअनुसार टोलीले प्रदर्शन गर्न नसक्नुनै हार भएको श्वीकार्छन्। प्रशिक्षकको हैसियतले टोलीको फितलो प्रदर्शनको जिम्मा आफूले लिने लामाले बताए।

बीवाइएस्सीका गोलकर्ता रोजिन प्रजापति ‘म्यान अफ दि म्याच’ बने।

उपाधिका लागि बीवाइएस्सीले शनिबार संकटासँग फाइनल खेल्नेछ।