११ औं संस्करणको पोखरा महोत्सव सुरु

जनसम्मत
पौष २७, २०७९, बुधबार

पोखराको अमरसिंह चौरमा आज (बुधवार)देखि ११ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ।

युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एक समारोहबीच उद्घाटन गरे।

यसैगरी, महोत्सव उद्घाटनपूर्व पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म झाँकी तथा र्‍यालीको आयोजना गरिएको थियो।

उक्त झाँकी तथा र्‍यालीमा झाँकीतर्फ नेपाल मगर संघ रामबजार इकाईले प्रथम स्थान हासिल गरेको छ। भुरुँदी स्याें बौद्ध अर्घौ तमु समाज दोस्रो, डढुवा दुर्छा लम्जुङ तमु समाज तेस्रो र थारु समाज कास्कीले शान्त्वना स्थान हासिल गरेको छ।

र्‍यालीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा–१० प्रथम, सुनकोशी आमा समूह पोखरा–१० दोस्रो, नेपाल तामाङ घेदुङ संघ कास्की तेस्रो र नागवेली शिर्जनशील आमा समूहले सान्त्वना स्थान हासिल गरेको छ।

महोत्सवको पहिलो दिन प्रजापति पराजुली, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरला पाण्डे, तुलसा जिसी, रमा राना, दिपक अधिकारीलगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरे।

साँझको लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुति रहनेछ।

महोत्सवको दोश्रो दिन लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षत्री, तुलसा जि.सी., नवराज अधिकारीलगायतको प्रस्तुति रहनेछ।

हाँस्य ब्यंग्यतर्फ कमेडियन जादुगर दिपक थापामगरको प्रस्तुति रहनेछ।

लाइभ ब्याण्डतर्फ ‘द स्क्रयाच जर्नी’को प्रस्तुति रहने महोत्सव प्रचार–प्रसार संयोजक दिनेश सुनारले जानकारी दिएका छन्।

११ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काई लिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क छन्।

त्यसैगरी, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि., आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ। प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ।

त्यसैगरी, मिडिया पार्टनरहरुमा एबीसी न्यूज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेको छ।