प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र

जनसम्मत
जेठ ८, २०८०, सोमबार

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन्।

युनियनको दशौं अधिवेशनले मिश्रलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

युनियनको उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ (सुमन) छन्।
यसैगरी, कोषाध्यक्षमा निराजन अधिकारी, सह–सचिवमा सपना अधिकारी छन्।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा अजय क्षत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देविका तामाङ, सविन विक छन्।