वैदेशिक रोजगार »

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

ज्यालाको विरोधमा उत्रिएका श्रमिकलाई कतारद्वारा देश निकाला

कतारले ज्याला नपाएकोमा विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरेको छ। कम्तीमा ६० जना श्रमिकहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेश्नल ग्रुपको दोहा कार्यालयसामु अगस्ट १४ मा र्‍याली गरेका थिए। तीमध्ये कतिपयले ७ महिनादेखि ज्याला नपाएको गुनासो छ। लगत्तै केही कामदार पक्राउ गरिएको र केहीलाई देशबाट निकाला गरेको पाइएको बीबीसीले जनाएको छ। तर, निकाला गरिएका कामदारको…

६ भदौमा नेपाल–बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुँदै

नेपाल र बेलायतबीच आउँदो ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीका अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच भदौ ६ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार पारिसकेको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र…

इजरायलका लागि थप १६९ जना गए

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी श्रमिकका रूपमा काम गर्न थप १६९ जना प्रस्थान गरेका छन्। आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारी रोकिएको ६ महिनापछि १६९ नेपाली इजरायल प्रस्थान गरेका हुुन्। इजरायलमा देखिएको श्रम विवादको कूटनीतिक पहलपछि यो संख्यासहित इजरायल प्रवेश गर्ने नेपाली संख्या ४५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध टे«ड युनियनले…

विश्वकपमा होटल मजदुरको सुरक्षा गर्न कतारलाई आग्रह

बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौं विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ। नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (४ हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले १ लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले…

वैदेशिक रोजगारीमा रहेकाहरु अब सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…

इजरायली श्रमिकका लागि आयो भिसा

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका थप १ सय जनाको भिसा आएको छ। यसअघि, इजरायलको परराष्ट्र मन्त्रालयमा कार्यरत ट्रेड युनियनले आन्दोलनका कारण रोकिएको थियो। वैदेशिक रोजगार विभागले सूचनामार्फत १ सय जनाको रोस्टममा परेकालाई कोभिड १९ विरुद्धको खोप लगाएर ६ महिना नकटेको कार्डसहित व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सम्पर्क गर्न आग्रह गरिएको छ।…

दुबईमामा अलपत्र परेका डिलबहादुरको उद्धार

वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा…

एक वर्षमा ६ लाख २८ हजार नेपालीहरु विदेशिए

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । कोरोना संक्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको हो। कोभिड–१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको…