
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन्। अनलाइन मार्फत नयाँ सुरु भएका संचार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने…
नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई लक्षित गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। महासंघ कास्की शाखाका अनुसार मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए। सोही…
समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले दुव्र्यवहार गरेका छन्। सार्वजनिक यातायातका चालकहरुले आफूहरुको आन्दोलन रहेको बताउँदै पत्रकारमाथि कुटपिट गर्नुको साथै पत्रकारहरुले प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेको निकृष्ट कार्यप्रति सर्वत्र विरोध भएको छ। पत्रकार महासंघको ध्यानाकर्षण पत्रकारमाथिको कुटपिट र पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। वर्तमान सरकारले एक वर्षभित्रमा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने उनले उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गरिसक्नु भएको…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच शिष्टाचार भेटघाट भएको छ। भेटघाटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्। त्यस अवसरमा राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको सुनाए। संचार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपूर्ण मन्त्रालय भएको…
गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार लागि आवेदन माग्ने तयारीमा छ। त्यसका लागि प्रदेश सरकारले एक समिति गठन गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका हुन्। समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन्। प्रदेश सचिव…
नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संचार तथा सूचना, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न आवश्यक रहेको औंल्याएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले संचार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदरसमेत गरेका छन्। उनले सूचना प्रविधिसम्बद्ध…
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काँग्रेस–एमाले केपी ओली सत्ता साझेदार नयाँ मन्त्री मण्डलमा संचार, प्रविधि मन्त्री बनेका छन्। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारका प्रवक्तासमेत रहने गरी गुरुङ संचार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्। नेकपा एमालेका पार्टी उपमहासचिव ०७९ को निर्वाचनमा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई गुरुङलाई हराउँदै लमजुङबाट प्रतिनिधि…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका संचार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन्। उनले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/संचारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसंगतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताएका हुन्। प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्। काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो…