वडा–पालिका »

गोरखाको बारपाक सुलिकोटमा अनाथ बालबालिकालाई आवासीय सुविधासहितको निःशुल्क शिक्षा

उत्तरी गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ। गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास संचालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई खाने, बस्ने आवासीय व्यवस्थासहितको निःशुल्क पठनपाठनको प्रबन्ध गरेको हो। हाल, छात्रवासमा ९ छात्रा र १० छात्र गरी १९ जना बालबालिकाहरु छन्। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले उनीलाई कक्षा १२ सम्म निःशुल्क…

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा युवाहरुलाई सीप विकासका तालिम प्रदान

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा युवाहरुलाई सीप विकासका लागि डकर्मी र प्लम्बर तालिम दिइएको छ। मर्स्याङ्दी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीपमुलक तालिम संचालन गरेको हो। मर्स्याङ्दी ७ खुदीमा संचालन भएको मेसन अर्थात डकर्मी तालिममा वडा नं. ६ का ५ जना र वडा नं. ७ का १५ जना…

स्याङ्जाको भीरकोट–८ मा जन्मने नवजात शिशुको खातामा ५ हजार जम्मा

स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ८ मा जन्मने नवजात शिशुको खातामा ५ हजार जम्मा गरिदिने अभियान थालेको छ। जन्मदर्ता प्रोत्साहन गर्न सो नगरपालिकाको वडा नं ८ ले बच्चा जन्मेपछि खाता खोलेर जवजात शिशुको खातामा ५ हजार जम्मा गरिदिने अभियान थालेको हो। वडा कार्यालयले चालु आर्थिक वर्षदेखि यो अभियान थालेको हो। बच्चा जन्मेपछि ८ नं वडा…

लमजुङ बेसीशहरको शान्ति टोल तमु समाजले जित्यो नृत्य प्रतियोगिताको उपाधि

लमजुङको बेसीशहर नगरपालिका–७ को शान्ति टोल तमु समाजले सामूहिक आमा समूह नृत्य प्रतियोगिताको उपाधि जितेको छ। प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव–२०८१ मा आयोजना गरिएको आमा समूह सामुहिक नृत्य प्रतियोगितामा बेसीशहरको सो आमा समूह प्रथम बनेको हो। विजेता शान्ति टोल तमु समाजे ३० हजार रुपैयाँ नगद पुरस्कार जित्यो। त्यसैगरी, प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ को दिदीवहिनी कृषक…

तनहुँको म्याग्दे गाउँपालिकामा लागत साझेदारी कार्यक्रम संचालन

तनहुँको म्याग्दे गाउँपालिकाले लागत साझेदारी कार्यक्रम संचालन गर्दैछ। गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी अनुदान दिने भएको हो। गाउँपालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को लागी स्वीकृत बजेट कार्यक्रमअन्तर्गत लोकप्रिय तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ ३० लाख तथा दुधालु गाई खरिद अनुदान लागत साझेदारी ५ लाख गरी जम्मा ३५ लाख रुपैयाँ वजेट…

कास्कीको रुपा गाउँपालिकामा वन डढेलो नियन्त्रणको पूर्वअभ्यास

कास्कीको रुपा गाउँपालिकास्थित ध्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद संचालन भईरहेको थियो। अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लागेको देखियो। कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भएर हातमा हँसिया, कोदालोलगायतका आगो नियन्त्रण गर्ने परम्परागतका सामाग्री लिएर डढेलो लागेको वनतिर लागे। प्रत्येकका हातमा आगो निभाउने हरिया सेउला थिए। जंगलमा दन्किरहेको आगो…

नवलपुरको मध्यविन्दुमा कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न महोत्सव

    नवलपुरको मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ। आगामी फागुन २२ देखि २४ गतेसम्म मध्यविन्दु–७ को नवजागरण माविको प्राङ्गणमा महोत्सव हुने नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। नवीनतम कृषि प्रविधि तथा उपकरणहरको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्द्धन र संरक्षण गर्न, कृषक, उद्यमी तथा प्राविधिक र…

पर्वतको महाशीला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो

पर्वतको महाशीला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामै पहिलो बनेको छ। पर्वत जिल्लाका २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तहमध्ये कार्यसम्पादन मुल्यांकनमा महाशीला पहिलो बनेको हो। पर्वत जिल्लामै पहिलो बनेको महाशीला गाउँपालिका जिल्लाको दक्षिणी भेगमा पर्दछ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनको नतिजा अनुसार ७३.०६ अंक प्राप्त गरी महाशीला गाउँपालिका जिल्लामै पहिलो…

म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो

म्याग्दी जिल्लाको पालिकाभरी मंगला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको छ। म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकन नतिजामा जिल्लाको पहिलो बनेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका पहिलो बनेको हो। आयोगले विभिन्न १७ वटा सूचकमा १००…

गोरखाको बारपाक सुलिकोट कार्यसम्पादन मुल्यांकनमा जिल्लामै पहिलो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा जिल्लामै पहिलो बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा गोरखाका १० पालिकामध्ये बारपाक सुलिकोट गाउँपालिका उत्कृष्ट भएको हो। बारपाक सुलिकोट कार्यसम्पादन मूल्यांकनमा ७०.०८ अंक प्राप्त गर्दै गोरखा जिल्लाभरको पाकिालमध्ये उत्कृष्ट बनेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नजितामा भिमसेन थापा गाउँपालिका…