
पत्रकार बासुदेव पौडेल गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकीबाट सम्मानीत भएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश प्रमुखसमेत रहेका पत्रकार पौडेललाई मञ्चको शनिबार पोखरामा सम्पन्न पाँचौं अधिवेशन एवं एघारौं वार्षिक साधारणसभामा सम्मान गरेको हो।
पत्रकारिताका माध्यमबाट गाउँ पर्यटनको विकासमा उत्कृष्ट योृगदान पुर्याएको भन्दै पत्रकार पौडेललाई सम्मान गरेको हो।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, अध्यक्ष निवर्तमान अध्यक्ष शोभा सापकोटालगायतले पत्रकार पौडेललाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
पुरस्कार राशि नगद ११ हजार १११ रुपैयाँ छ।
अधिवेशनले संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।