गण्डकी प्रदेश सरकारको राहत कोषमा एसओएस बालग्राम गण्डकीले बुझायो एक लाख बढि

विश्वव्यापी रुपमा नोबेल कोरोना (कोभिड–१९) ले महाव्याधीको रुप लिएपछि गण्डकी प्रदेश सरकारले पनि कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको हो

जनसम्मत
वैशाख २३, २०७७, मंगलवार

पोखरा । पोखरास्थित एसओएस बालग्राम गण्डकीले कोरोना रोकथाम राहत कोषमा गण्डकी प्रदेश सरकारकालाई एक लाख बढि रकम प्रदान गरेको छ ।

गण्डकी प्रदेश सरकारद्धारा स्थापना गरेको कोरोना रोकथाम राहत कोषका लागि उक्त बालग्रामको परियोजना अन्तर्गत कार्यरत शिक्षक÷शिक्षिका तथा कर्मचारी, आमा÷अन्टीलगायतका कर्मचारीहरुले एक दिनको तलव कटाएर १ लाख, १ हजार ८२ रुपैयाँ राहत कोषमा रकम जम्मा गरेका हुन् ।

बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठ, निर्देशक प्रदिपभक्त आचार्य, प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठ, सहायक प्रिन्सिपल चुडामणी सुवेदी र शिक्षक तथा कर्मचारी युनियनका अध्यक्ष प्रभात पौडेलको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मंगलबार एक कार्यक्रमबीच सोही रकम बराबरको चेक संयुक्त हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गरेवापत एसओएस बालग्राम गण्डकीलाई धन्यवाद दिए । प्रदेश सरकारले कोरोनाका बिरामीको निशुल्क उपचार गर्नेदेखि अरू व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

विश्वव्यापी रुपमा नोबेल कोरोना (कोभिड–१९) ले महाव्याधीको रुप लिएपछि गण्डकी प्रदेश सरकारले पनि कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको हो । सो राहत कोषमा गण्डकी प्रदेशको सबै मन्त्रीको एक महिनाको तलव कट्टा गरेर जम्मा गरिएको छ ।

गण्डकी प्रदेश सरकारको अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा आर्थिक मामिला तथा कानूनमन्त्री, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्री र प्रदेशका प्रमुख सचिव सदस्य रहने गरी कोरोना रोकथाम तथा व्यवस्थापन समितिको गठन गरिएको हो ।