जनसम्मत »

अब, योगदानकर्ताका छोराछोरीलाई समेत उपचार सेवाको व्यवस्था

सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी थालेको छ। यसअघि, स्वयं योगदानकर्ता र योगदानकर्ताको श्रीमान तथा श्रीमतीसमेतलाई उपचार सुविधा दिइरहेको कोषले अब योगदानकर्ताका छोराछोरीसमेतलाई उपचार सुविधा दिने तयारी गरेको हो। त्यसैलाई कार्यान्वयन गर्ने चरणमा कोषले योगदानकर्तालाई सन्ततिको विवरण अद्यावधिक गर्नका लागि आग्रह गरेको छ। कोषले एक सूचना जारी गर्दै औपचारिक क्षेत्रका…

२०८१ सालको एसईई परीक्षा आवेदन फारम खुल्यो

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ। यही पुस १२ गतेदेखि माघ १२ गतेभित्र फारम भरिसक्न कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी एसईईको आवेदन फारम भर्न आग्रह गरेको हो। कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ। फारमका लागि प्रति…

‘विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्नुहोला’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थीलक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ। मन्त्रालयले शैक्षिक परामर्शदाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो। सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श…

अब, एसइईमा ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने

यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागु गर्न लागेको हो। यसै वर्षदेखि नै लागू हुनेगरी लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी यस्तो व्यवस्था गर्न लागेको हो। निर्देशिका अनुसार, यस वर्षदेखि जुन विषयमा…

कार्यालय समयमा अस्पतालमा चिकित्सक नभेटिए कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा अस्पतालमा चिकित्सकहरु नभेटिए कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाई हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरे कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई निर्देशन दिएका छन्। आजकल अस्पतालमा काम गर्ने डाक्टरहरु रेजिडेन्स डाक्टरहरुको भरमा…

राष्ट्रिय परीक्षा बोर्डले दियो, झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षाको अवसर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ। बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ। विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका…

सरकारी कार्यालय खुल्ने समय अब १ घण्टा छोटिदैं

तिहार पर्वको बिदापछि आज (मंगलबार) देखि सरकारी कार्यालय खुल्दैछन्। साथै, आजैदेखि सरकारी कार्यालय खुल्ने समय १ घण्टा छोटिदैँछ पनि। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो। गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय १ घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आज (मंगलबार)…

अब, नागरिक एप चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

मन्त्रिपरिषद्ले नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने’, निर्णयमा लेखिएको छ। यो प्रस्ताव संचार तथा सूचना प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण…

अबदेखि, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा

अब, ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले निःशुल्क यातायात सेवा पाउँदैछन्। यो असरसँगै, स्वास्थ्य प्रयोजनका लागि महिला स्वास्थ्य स्वयंसेविकाले सार्वजनिक यातायात सेवामा निःशुल्क चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समन्वय र संवादमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा महिला स्वास्थ्य स्वयंसेविकाहरु भाडा नलिने घोषणा गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री…

स्थानीय तहमा कार्यपालिका बैठक र नगरसभा कसरी गरिन्छ ?

नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि काम सुरु गर्न थालेका छन्। राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधि स्थानीय तहको नेतृत्वका लागि पुगेका छन्। जसमध्ये, कतिपय यसअघि नै जनप्रतिनिधि भएर अनुभव हासिल गरेका व्यक्तिहरु छन् भने धेरैजसोले नयाँ भूमिकामा…