जनसम्मत »

दसैँ–तिहारको बिदामा पनि अस्पतालहरु संचालनमा हुन्छन्

अब, दसैँ–तिहारको बिदामा पनि अस्पतालहरु संचालन हुनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैँ–तिहारको बिदामा पनि अस्पताल संचालन गर्न निर्देशन दिएको हो। मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दसैँ–तिहारको बिदामा पनि अस्पतालको सेवा संचालन गर्न निर्देशन दिएका हुन्। दसैँ–तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले…

सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत

पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५ सूचीकृत भएका छन्। यस्तै, वैदेशिक रोजगारीका श्रमिक ७ लाख ९७ हजार ६४६ सूचीकृत भएका हुन्। अनौपचारिक क्षेत्रका ४२५ जना, स्वरोजगार २७४ जना श्रमिक सूचीकृत…

साउन १ गतेदेखि आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमाको सेवा लिन सकिने

साउन १ गतेदेखि आफू बसेकै ठाउँबाट सेवा लिन सकिने स्वास्थ्य बीमामा नयाँ व्यवस्था गरिदैँछ। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो एवं प्रभावकारी बनाउने उद्देश्यले आउँदो आर्थिक वर्षको शुरूदेखि नै लागू हुनेगरी केही सुधारहरू गर्न लागिएको हो। हालसम्म बीमित व्यक्तिलाई तोकिएको एउटै प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता छ। तर, अबदेखि बीमितहरूले देशभर बोर्डमा आबद्ध जुनसुकै सरकारी…

अबदेखि, नयाँ सरकारी कर्मचारीले पेन्सन र उपदान पाउँदैन

सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक स्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली…

एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू

आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको छ। स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा ‘विद्यालय नर्स कार्यक्रम’ एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ। उक्त प्रतिवेदनअनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत अर्थात २६० वटा विद्यालयमा लागु भएको छ भने…

राष्ट्रिय परीक्षा बोर्डले भन्यो, ‘कक्षा १२ को परीक्षा निर्धारित समयमै हुन्छ’

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेबाट आगामी जेठ २ गतेसम्म नियमित रूपमा संचालन हुने स्पष्ट पारेको छ। यसअघि, नेपाल शिक्षक महासंघको आन्दोलनका कारण स्थगित गरिएको परीक्षा अब सहमतिपछि पुन: निर्धारित मितिमा संचालन हुने बोर्डले जनाएको छ। बोर्डले परीक्षा व्यवस्थापनका संपूर्ण तयारी पूरा भइसकेको बताउँदै परीक्षा मर्यादित, अनुशासित र निष्पक्ष…

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। बोर्डले वैशाख २१ गतेदेखि सुरू हुने गरी कक्षा १२ को परीक्षाको संशोधित तालिका सार्वजनिक गरेको हो। संशोधित परीक्षा तालिकाअनुसार वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म परीक्षा संचालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। परीक्षाको पहिलो दिन वैशाख २१ गते रेगुुलरतर्फ…

अब, सामाजिक सुरक्षा योजनामा अस्थायी, करार कर्मचारी सहभागी हुन पाउँछन्

अब, सामाजिक सुरक्षा योजनामा अस्थायी, करार कर्मचारीहरु सहभागी हुन पाउने अवसर उपलब्ध हुँदैछ। सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका हुन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ। सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय…

नागरिकले नि:शुल्क प्राप्त गर्ने स्वास्थ्य सेवासम्बन्धी विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले नि:शुल्क रूपमा प्राप्त गर्ने सेवाहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले नि:शुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको हो। मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा नि:शुल्क सेवासम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि उल्लेख छ। मन्त्रालयले नागरिकलाई…

दिनानूदिन वायु प्रदूषण बढ्दो छ, सतर्कता अपनाऔँ

हाल, मुलुक दिनानूदिन वायु प्रदूषणको चपेटामा छ। गर्मी मौसम बढेसँगै, बढ्दो वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायतका कारणले वायु प्रदूषणको स्तर उच्च हुँदै गएको छ। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ। वायु प्रदूषण बढेसँगै नागरिहरुले स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ। वायु प्रदूषणका…